काभ्रेका सिडियो दुई महिनादेखि बिदामा, विपत् व्यवस्थापनको बैठक बस्न नसक्दा उद्धार कार्य सुस्त


काठमाडाैं- काभ्रेका प्रमुख जिल्ला अधिकारी (सिडियो) सूर्य सेडाई दुई महिनादेखि बिदामा छन् । उनी बिदामा हुँदा गृह मन्त्रालयले अर्को सिडीयो पठाएको छैन ।  साेही कारण  तीन दिनदेखि परेको अविरल वर्षा कारण धेरै क्षति भएपनि जिल्लामा उद्धार हुन सकेको छैन।

विपत्मा मुख्य निर्णय गर्ने व्यक्ति नभएपछि काभ्रेमा अहिले बिपी राजमार्गमा फसेका करिब ५ हजार यात्रुहरू बेहालमा छन् । बिपी राजमार्गमा फसेका यात्रुहरू दुई दिन देखि भोकभोकै बस्नु परेको उनीहरूको गुनासो छ ।

बिपी राजमार्गको नेपालथोकदेखि कटुन्जेसम्म ठाउँठाउँमा बाढी र पहिरोले राजमार्ग बगाएको छ। धेरै यात्रुहरू भोकभोकै जाग्राम बसेर उद्धारको लागि अपिल गरिरहेका छन् ।

बिपी राजमार्गको नेपालथोक, मंगलटार, नार्के, कटुन्जेमा यात्रुहरू अलपत्रमा परेका छन् ।

 

प्रतिक्रिया