आजदेखि दशैंका लागि ‘सुकिला’ नोट साट्न पाइने


काठमाडौं — आजदेखि दसैंका लागि ‘सुकिला नोट’को वितरण सुरु भएको छ ।

यसपटकको दशैंका लागि नयाँ नोट नदिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।

बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए । ‘सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौं,’ प्रवक्ता पौडेलले भने, ‘बैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ ।’

 

प्रतिक्रिया