झ्याप्ले खोलामा २ बस पुरिँदा १४ जनाको मृत्यु


धादिङ- पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका २ बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

उनका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको हो । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

प्रहरी घटनास्थलमा थप खोज तथा उद्धारको काम भइरहेको रजौरेले बताए ।

प्रतिक्रिया