एन्फाका ६ जना खेलाडीको शव फेला


मकवानपुर- पहिरोमा परी बेपत्ता भएका अखिल नेपाल फुटबल संघ (एन्फा) का ६ जना खेलाडीको शव भेटिएको छ । करिब ५ घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा ६ जनाको शव भेटिएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा एन्फाले राखेको युथ–१४ क्याम्पकाका ३७ जना खेलाडीमध्ये ६ जना बेपत्ता भएका थिए ।

सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, निजगढका विकल रेग्मी र दिवस बानियाँ र मकवानपुरका अनुप ग्लान र सुमन योञ्जन पहिरोमा पुरिएका थिए । स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना शनिबार बिहान करिब ६ बजेटबाट सम्पर्कविहीन भएको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले बताए ।

अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु पहिरोमा पुरिएका थिए ।

प्रतिक्रिया