हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, च्यासल पुलमा अड्कियो


काठमाडौं – भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ ।

भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ ।

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनिहौर्ले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् ।

बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।

प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया