खराब मौसमका कारण आन्तरिक उडान रद्द गर्ने प्राधिकरणको निर्णय


काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडानलाई रद्द गरेको छ ।

खराब मौसमका कारण देखाउँदै सबै आन्तरिक उडानलाई रद्द गरिएको हो । खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले भोलि (शनिबार) मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने भएको प्राधिकरणले जनाएको छ ।

शनिबार पनि मौसममा सुधार आएमा मात्रै उडान सुचारु हुने बताइएको छ । शुक्रबार बिहानैदेखि परेको भारी वर्षाका कारण दिनभर आन्तरिक उडान प्रभावित भएका थिए ।

प्रतिक्रिया