थाइ एयरवेज झण्डै दुई घण्टा आकाशमै ‘होल्ड’


काठमाडौं-  खराब मौसमका कारण झण्डै दुई घण्टा आकाशमै ‘होल्ड’ गरेको थाइ एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएको छ । २ बजेर २० मिनेटमा उक्त विमान अवतरण गरेको हो । अवतरण अघि उक्त विमानले ललितपुर, मकवानपुर, बाराको आकाशमा लामो समय बिताएको थियो ।

एक पटक अवतरणको प्रयास गरे पनि ‘मिस एप्रोच’ भएर पाइलटले विमानलाई ‘ओभरसुट’ गरेका थिए । त्यसपछि अनुकूल मौसमको पर्खाइमा उक्त विमानले झण्डै दुई घण्टा आकाशमा बिताएकाे थियाे ।

प्रतिक्रिया