पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध, नागढुंगाको सुरुङमार्ग नजिकै पहिरो


काठमाडौं– अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । नागढुंगास्थित सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

 

प्रतिक्रिया