चङ्गा, ड्रोन वा बेलुन उडाउन र लेजर लाइट प्रयोग गर्न प्रतिबन्ध


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो ।

दशैं नजिकिएसँगै चङ्गा उडाउने गरिएकोमा हवाई सुरक्षामा गम्भिर असर पुग्नसक्ने भन्दै कार्यालयले एक सूचना जारी गर्दै हवाई जहाज उड्ने क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन उडाउन प्रतिबन्ध लगाइएको हो ।

सूचनाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही हुने पनि जनाइएको छ ।

प्रतिक्रिया