महिलाको कानमै पड्क्यो ‘इयरबड’, सधैंका लागि गुमाइन् सुन्ने क्षमता


काठमाडाैं- यदि तपाईं पनि दिनभर इयरबडहरू प्रयोग गर्नुहुन्छ र कान लगाएरै यताउता घुमिरहनुहुन्छ भने, अब सावधान हुन आवश्यक छ। एक महिलाको कानमा इयरबड पड्केपछि उनको श्रवण क्षमता सधैंका लागि गुमेकाे खबर बाहिरिएकाे छ ।

यो घटनाकाे रिपोर्ट ग सामसुङको टर्किस फोरममा गरिएको छ । जसले कम्पनीको नयाँ इयरबडहरूको सुरक्षामा चिन्ता बढाएको छ। घटनालाई सामसुङको  ग्यालेक्सी नोट ७ ब्याट्री संकटसँग तुलना गरिएको छ। फोरमका एक प्रयोगकर्ताले इयरबड प्रयोग गर्ने क्रममा उनको  प्रेमिकाको कानमा इयरबड पड्केकाे दाबी गरेका छन्, जसका कारण उनले सुन्ने क्षमता गुमाएकी छिन् ।

गुनासोपछि सामसुङले नयाँ इयरबड उपलब्ध गराउने प्रस्ताव गरेपनि सुरक्षाका विषयमा भने केही बताएको छैन । सामसुङले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।

यो घटनापछि अन्य प्रयोगकर्ता पनि यस्तो घटनाको सिकार हुन सक्छन् कि भनेर प्रश्न उठिरहेको छ । सामसुङले भविष्यमा यस्ता घटना हुन नदिन के कस्ता कदम चाल्ने हो भने अझै बताएको छैन । रिपोर्टका अनुसार पीडित प्रयोगकर्ता सामसुङले जिम्मेवारी नलिँदा निराश छन्

प्रतिक्रिया