लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात


काठमाडौँ – लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात भएको छ।

मंगलबार निर्माण व्यवसायीहरूले कोषका पदाधिकारीमाथि हातपात गरेका हुन् ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्यक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमण गरेको स्रोतले बताएको छ ।

अहिले उक्त विषयमा सरोकारवालबीच छलफल भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया