उदयपुरमा मलामी बोकेको बस दुर्घटना, २६ जना घाइते


उदयपुर- उदयपुरको वेलका नगरपालिका-८ स्थित सेतिखोलामा मलामी बोके/ फर्किएको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

प्रदेश १-०२-००१ख८२५३ नम्बरको बस करिब दिउँसो १२ बजेतिर मलामी लिएर फर्किने क्रममा सडकदेखि १२ मिटर तल गएर पल्टिएको थियो।

घाइतेमध्ये २० जनाको नगर अस्पताल रामपुरमा उपचार भइरहेको र बाँकी ६ जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक मौषम उदाशले जानकारी दिए ।

बसमा कति यात्रु थिए भन्ने तथ्यांक संकलन गर्ने काम भइरहेको प्रहरी निरीक्षक उदाशले बताए । बसले मंगलबार बिहान  घुम्ने भन्ने ठाउँबाट मलामी लिएर सप्तकोशी गएको थियो । सोही क्रममा मलामी लिएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

 

प्रतिक्रिया