ससुराको हत्या गरेकाे आरोपमा ज्वाइँ पक्राउ


मोरङ- मोरङमा ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका- ७ मायालु चोक बस्ने चन्द्रबहादुर तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै ज्वाइँ रवीन्द्र राईलाई नियन्त्रणमा लिएको हो ।

राईलाई  धनकुटाको मूलघाटबाट  पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

ज्वाइँ-ससुरा एकै घरमा बस्ने गरेका थिए ।  चन्द्रबहादुरको हत्या भएपछि ज्वाइँ रवीन्द्र फरार थिए । घरेलु हतियारले घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीका अनुसार चन्द्रबहादुरकी श्रीमती वैदेशिक रोजगारीका लागि देश बाहिर छिन् ।

अहिले चन्द्रबहादुरको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

प्रतिक्रिया