सुदूरपश्चिममा पहाडको छुटै प्रदेश चाहिन्छ : सांसद रावल


कैलाली- नेकपा माओवादी सांसद अक्कल बहादुर रावलले पहाडमा छुटै प्रदेशको माग गरेका छन् । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटले सन्तुलन गुमाएको भन्दै पहाडका जिल्ला मिलाएर छुटै प्रदेशको माग गरेका हुन् ।

‘कैलाली कञ्चनपुरको छुटै राज्य बनाउनुहोस्, जुन थारुहरूको पनि माग छ । अब पहाडको पनि छुटै राज्य चाहिन्छ’ उनले भने ‘पहाडका कुना काप्चामा विकास गर्न कति पैसा लाग्छ । त्यहाँ पनि विकास चाहिन्छ नागरिकलाई । अब हामीले बोल्नुपर्ने हुन्छ । कैलाली कञ्चनपुरमा सरकार एकै हुने पहाडमा बजेट चाहिँदैन ? विकास चाहिँदैन ? मन्त्री भएपछि आफ्नो क्षेत्र बाहेक अरू नहेर्ने ?’

 

प्रतिक्रिया