भोलि छुट्ने भनिएका कैदीले अझै कारागार बस्नुपर्ने


काठमाडौ- भाेलि संविधान दिवसको दिन रिहा हुने भनिएका कैदीबन्दी नछुट्ने भएका छन् ।  संविधान दिवसमा सरकारले एक हजार ९२ जना कैदीलाई कैदकट्टा गरी छाड्ने तयारी गरेकाे थियाे ।

तर, गृह कार्य नपुगेका कारण भाेलि कोहीपनि नछुट्ने कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यसअघि सरकारले सूची निकालेर ६ सय २० जनालाई गणतन्त्र दिवसका अवसरमा   छाड्ने भनेकाे थियाे ।  तर, उनीहरुलाई कसैलाई पनि छाडिएको थिएन । दुई साताअघि त्यसमै थप ४ सय ९२ जनाको सूची निकालेर उजुरी आह्वान गरिएको थियो ।

 

 

प्रतिक्रिया