आईसिसी विश्वकप लिग–२ः आज नेपाल र ओमान भिड्दै


काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा नेपालले आज दोस्रो खेल खेल्दैछ । पहिलोखेलमा क्यानडासँग भोगेको हार बिर्साउने लक्ष्यसहित मैदानमा उत्रन लागेको नेपालले बलियो टोली ओमानको सामना गर्ने भएको छ ।

यी दुईबीच नेपाली समयअनुसार साँझ पौने ९ बजेदेखि खेल सुरु हुनेछ ।

हालसम्म यी दुईदेशबीच सम्पन्न ७ एकदिवसिय खेलमा ओमानले ४ खेल जितेको छ भने नेपालले ३ खेलमा जित हात पारेको छ ।

यसअघि नेपाल सोमबार राती खेलिएको खेलमा आयोजक क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले क्यानडा भ्रमणका क्रममा लिग–२ का चार खेल खेल्नेछ । त्यसपछि अर्को शृंखलाका लागि नेपाल अमेरिका जाने छ । अमेरिकामा नेपाल, अमेरिका र स्कटल्याण्डबीच खेल हुनेछ ।

प्रतिक्रिया