भोटेकोशीमा बेपत्ता बोलेरो चालकको शव सुनकोशीमा फेला


काठमाडौं – भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव फेला परेको छ ।

शसस्त्र प्रहरीका अनुसार गत भदौ २८ गते बोलेरो गाडी खसेपछि बेपत्ता भएका चालकको शव सोमवार भेटिएसँगै पहिचान पनि खुलेको हो ।

शव भेटिएका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ का ३५ वर्षीय सानु तामाङ रहेको उनका छोराले पुष्टि गरेको शसस्त्र प्रहरीले जनाएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोशी नदिबाट वि.व्य.बेश खुर्कोटको सप्रनिको ४ जना गोताखोरसहित ९ जनाको टोली बेपत्ता तामाङको खोजीमा खटिएका थिए।

भदौ २८ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ ढुंगाखानीस्थित भोटेकोशी नदिमा बोलेरो गाडी खसेपछि तामाङ बेपत्ता भएका थिए।

प्रतिक्रिया