आज विश्वकर्मा पूजा


काठमाडौं – असोज संक्रान्तिको अवसरमा म‌गलबार विश्वकर्माको पूजा गरिँदैछ।

शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा–आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ।

प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा-आराधना गर्छन्।

विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्। पौराणिक तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाएर लुकाएको बताइन्छ।

 

प्रतिक्रिया