कैलालीमा बेपत्ता भएका दुईजना मृत भेटिए


कैलाली- कैलालीमा बेपत्ता दुई जना मृत फेला परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेका छन् ।

शनिबार साँझदेखि हराइरहेका आरभ आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहराले बताए ।

यस्तै, भजनी नगरपालिका–८ को गुडचौरामा लडेको अवस्थामा सोही स्थानका ५५ वर्षीय जयराम डगौरा पनि मृत फेला परेका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया