संसद् चल्न नदिने माओवादी केन्द्रको निर्णय


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो ।

छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।

माओवादी जनयुद्धलाई हिंसा भन्ने एमालेले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ ।

 

प्रतिक्रिया