संसद्को गतिरोध हटाउन सभामुखले बोलाएको बैठक बिनानिष्कर्ष टुंगियो


काठमाडौं — सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन गरेको प्रयास असफल भएको छ ।

सभामुख घिमिरेले संसदका राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूका लागि बोलाएको बैठक विना निष्कर्ष टुंगिएपछि तत्काललाई गतिरोध हटाउन गरेको प्रयास असफल भएको हो ।

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् । ‘संसदको जो अवरोध थियो, त्यो कसरी सञ्चालन गर्ने भन्ने छलफल भयो’ उनले भने, ‘यहाँ भएको छलफल दलमा राख्छु ।’

एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेको विरोधमा माओवादीले अघिल्लो बैठक पनि अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेको लागि बोलाइएको छ।

प्रतिक्रिया