कांग्रेस सभापति देउवाले गरे पुस्तकालय समितिमा १० को मनोनयन


काठमाडाैं – नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका सदस्यमा १० जना मनाेनित भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य अजयवावु शिवाकोटी प्रमुख रहेको नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेका हुन् ।

मनोनित सदस्यहरूः

१.  पूर्णलाल श्रेष्ठ, काठमाडौं

२.  पुष्पराज जोशी, कैलाली

३.  डा. राजेन्द्र श्रेष्ठ, दोलखा

४.  नृप साउँद, अछाम

५.  ई. प्रकाश राय, महोत्तरी

६.  महेन्द्र लामा, सिन्धुपाल्चोक

७.  विपिन किरण, सुनसरी

८.  ई. आयुष गौतम, अर्घाखाँची

९.  चन्दा क्षेत्री, स्याङ्जा

१०. प्रविण ददेल, रूकुम (पश्चिम)

May be an illustration of blueprint and text

प्रतिक्रिया