श्रीमतीको हत्यापछि आफैंमाथि खुकुरी प्रहार


धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा २९ वर्षीया विजय दर्जीले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका छन् ।  गएराति करिब ११ बजे दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्ताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैंलाई पनि खुकुरीले हानेका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रारम्भिक जानकारीअनुसार सामान्य घरझगडा भएको कारण खुकुरी प्रहार भएको खुलेकाे छ ।

 

 

प्रतिक्रिया