पत्रकार महासंघको चुनावी कार्यतालिका सार्वजनिक


काठमाडौं – नेपाल पत्रकार महासंघको चुनावी कार्यतालिका सार्वजनिक भएको छ ।

शनिबार महासंघको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिले आगामी असोज १२ मा एकैपटक तीनै तहको चुनाव गर्ने तालिका सार्वजनिक गरेको छ ।

तर उम्मेदवार मनोनयन भने फरक फरक समयमा हुनेछ । केन्द्रीय कार्यसमितिका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने प्रदेशको असोज ८ मा मनोयन दर्ता हुनेछ । यस्तै जिल्ला शाखाहरूको उम्मेदवारी दर्ता १० असोजमा हुनेछ । चुनावपछि १२ असोजमा मतगणना हुनेछ ।

चुनावी कार्यतालिकासँगै निर्वाचन समितिले मतदाता नामावली पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया