बालबालिकामाथिको हिंसा रोक्नु सरकारको दायित्व हो : राष्ट्रपति पौडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

यस वर्ष बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ मनाउन लागिएको छ ।

बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने उनले सन्देशमा भनेका छन् ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् ।

प्रतिक्रिया