कर्णाली नदीले पार गर्‍याे सतर्कता तह, कैलालीका १३९ जनालाई सुरक्षित ठाउँमा सारियो


काठमाडाैं- लगातारको वर्षाले बाढीको जोखिममा परेका कैलालीका १३९ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका गरी एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारिएको हो ।

जानकी गाउँपालिका–४ का १५ परिवारका ३४ जना, जानकी गाउँपालिका–७ का १७ परिवारका ९४ जना र जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई सुरक्षित ठाउँमा सारेकाे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस्तै कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १० दशमलव ९० मिटर पुगेको छ । कर्णाली नदीमा पानीको बहाव १० दशमलव ८० मिटर खतराको तह मानिन्छ ।

कर्णाली नदीले खतराको तह पार गरेपछि बर्दिया र कैलालीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको छ ।

प्रतिक्रिया