भारतीय कम्युनिस्ट नेता येचुरीको निधन


काठमाडौँ – भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ ।

भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए ।

अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो । पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो ।

येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् । उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए । उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए ।

येचुरीकी पत्नी सीमा चिश्ती पत्रकार हुन् । एक अन्तरवार्तामा उनले आफूलाई पत्नीले आर्थिक रूपमा सघाइरहेको बताएका थिए । उनको पहिलो विवाह इन्द्राणी मजूमदारसँग भएको थियो ।

प्रतिक्रिया