शरद ऋतुमा मनास्लु आरोहण गर्न २९० जनाले लिए अनुमति


काठमाडौँ – शरद ऋतुका लागि हिमाल आरोहणका लागि बुधबारसम्म ३२ टोलीका ३२९ जनाले आरोहण अनुमति लिएका छन् ।

यसमध्ये सर्वाधिक संख्या मनास्लु हिमालमा छ । मनास्लुमा २५ टोलीका २९० जनाले आरोहण अनुमति लिइएका छन् । जसमध्ये ८० जना महिला छन् । धौलागिरि हिमालमा १ टोलीका १४ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

पुथा हिउँचुलीमा दुई टोलीका ९ जना, अन्नपूर्ण चौथो र पुङ्गी हिमालमा एक-एक टोलीका ५र५ जनाले आरोहण अनुमति लिएको विभागको विवरणमा उल्लेख छ । यो सिजनमा विभागले ३ करोड ७४ लाख रुपैयाँ आरोहण रोयल्टी संकलन गरेको छ ।

प्रतिक्रिया