अर्घाखाँचीकाे शितगंगामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ९ घाइते


अर्घाखाँची- शितगंगाको हिलेखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवल तर्फ जाँदै गरेको लु १ज ४७६३ नम्बरको डबल क्याप जीप आज बुधबार शितगंगा नगरपालिका-१२ हिलेखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा छ्त्रदेव गाउँपालिका- ५ टुनिचौर का ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठौरले बताए ।

घाइतेमध्ये तीन जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । यस्तै ६ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

प्रतिक्रिया