बैतडीमा जिप दुर्घटना, एकजनाको मृत्यु


बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउपालिका-८ की १८ वर्षीया सविना महरा रहेकी छन् ।

सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो ।

उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन् ।

चालकसमेत रहेका सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवर, सुर्नया- ८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन् ।

कच्ची सडकमा दुर्घटना भएको जीप सडकबाट २० मिटर तल खसेको बुझिएको छ ।

प्रतिक्रिया