पूर्वमुख्यमन्त्री कार्की फेरि अनशन स्थलमै फर्किए


काठमाडौँ – अनशन स्थलबाट जबरस्ती उठाइएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फेरि अनशन स्थलमै फर्किएका छन् ।

अनशन बसेको स्थल देवकोटा चोकबाट उठाएर उनलाई प्रहरीले निजी निवास लगे पनि कार्कीले गैरकानुनी काम गरेको भए थुनामा राख्न अन्यथा अनशनमै बस्न दिन माग गरेका हुन्।

प्रहरीले घरमा लगेर छाड्न खोजे पनि उनी राति ९ बजेतिर निजी सवारी साधनमा कार्की अनशन स्थलमै फर्किएका छन्। तर पहिलाकोे अनशनस्थल भने प्रहरीले घेरा हालेको छ। ठूलो संख्यामा कार्कीका समर्थक पनि त्यहाँ पुगेका छन्। जसले गर्दा फेरि झडपको संभावना देखिएको छ।

उनले मुख्यमन्त्री हिक्मत कार्कीको रबैया ठीक नभएको बताए। उनले भने, ‘उहाँलाई ठोक्न कुट्न मात्रै आउँछ। जनताको कुरा सुन्ने होइन। उहाँ वार्ता गर्ने खालको व्यक्ति होइन। उहाँ ठोक्ने मान्छे मार्ने व्यक्ति हुन्।’

 

प्रतिक्रिया