अबदेखि सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने


काठमाडौँ – अबदेखि सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने भएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत देशभरका सरकारी कार्यालयबाट शेयर कारोबार नगर्न निषेध गरिएको जानकारी दिएका छन् ।

उनले सरकारी कर्मचारी शेयर कारोबारमा लाग्दा जनताको काममा बाधा पुगेको गुनासो आएपछि यस्तो निर्णय लिनुपरेको बताएका छन् । ओलीले जनगुनासो अनुसार देशैभरका सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ९टीएमसएस० माथि पनि प्रतिबन्ध लगाउने निर्णय भएको बताएका छन् ।

यस्तो छ ओलीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी
गुनासो र सम्बोधन !
सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ९टीएमएस० प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु।

प्रतिक्रिया