टिकटक खुला गर्न दुरसञ्चार प्राधिकरणको निर्देशन


काठमाडाैं- दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दुरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाएको जानकारी गराएको छ । १५ दिन अघि नै मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको भए पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना निकालेर सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।

टिकटकले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै गएको वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया