बर्दियामा ४ वर्षीया बालिका पोखरीमा डुबिन्, २१ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु


बर्दिया-बर्दियामा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ भने सोही नगरपालिका–११ बान्धुपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर चार वर्षीया बालिका दीक्षा यादवको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी २१ वर्षीया अस्मिन गद्दीको उपचारका क्रममा मृत्यु भएको बर्दिया जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया