गोविन्द कार्की सचिवमा बढुवा


काठमाडौँ – सरकारले सहसचिव गोविन्द कार्कीलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा। कमल प्रसाद पोखरेल, गोविन्द कार्की र महादेव पन्थको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया