एमाले पोलिटब्युरो बैठक आज पनि, सदस्यहरूले धारणा राख्ने


काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजेबाट सुरू हुनेछ । बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन् ।

प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ। संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य छ।

वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ।

त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख छ। एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ।

प्रतिक्रिया