भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको करिब ५९ लाखको सामान बरामद


कञ्चनपुर – कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाटसशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपियाँँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो । बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाईल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन् ।

बरामद सामान आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको सशस्त्र प्रहरी निरीषक दिलकुमार श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया