कार र ट्रक ठोक्किँदा १ जना सामान्य घाइते


चितवन – मुग्लिन–काठमाडौं खण्डमा कार र ट्रक ठोक्किँदा एक जना सामान्य घाइते भएका छन् ।

उक्त सडक खण्डको जवाङ खोला नजिकै मंगलबार बिहान बागमती प्रदेश ०२४ च २४५१ नम्बरको कार र एचएच१५जे सी १०६४ नम्बरको भारतीय मालबहाक ट्रक ठोक्किँदा कारचालक सामान्य घाइते भएको जनाइएको छ ।

घटनाबारे विस्तृत विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया