प्रहरीको ३० वर्षे सेवा अवधिबारेको मुद्दा न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा


काठमाडौं-  प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चबाट जारी भएको अन्तरिम आदेशबारे आज(शुक्रबार) सुनुवाइ हुँदैछ । गृह मन्त्रालयका सचिवले दायर गरेको भ्याकेट निवेदनबारे न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।

बिहीबार न्यायाधीशरु डा.नहकुल सुवेदी र विनोद शर्माले दुवै पक्षलाई छलफलका लागि शुक्रवार बोलाउन आदेश गरेका थिए । भदौ ६ मा न्यायाधीश हरि फुयाँलले प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए ।

एसएसपी जीवनकुमार श्रेष्ठ समेतका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा न्यायाधीश फुयाँलको आदेशविरुद्ध सरकारका तर्फबाट गृह सचिवले भ्याकेट दर्ता गराएका हुन् ।

 

प्रतिक्रिया