गुनासो सुन्न आज भक्तपुर जाँदै राष्ट्रपति पाैडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ ।

सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जाने भएका हुन् ।

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । जस अन्तरगत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया