नमोबुद्धकी खुशी दाप्चाको दहमा मृत फेला


काभ्रे — काभ्रे नमोबुद्धकी खुशी न्यौपाने मृत फेला परेकी छिन् ।

नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका न्यौपाने बिहीबार दिउँसोदेखि घरबाट हराइरहेकी थिइन् ।

हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव फेला पारेको हो।

घटनाबारेअनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

 

प्रतिक्रिया