नेकपा एसको निर्वाचन कार्यतालिका सार्वजनिक, यस्तो छ कार्यतालिका


काठमाडौं – नेकपा एसकाले पदाधिकारी चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ ।

त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ । सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए ।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो । पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो । अन्ततस् उनी पनि मतदानमा जान तयार भएका हुन् ।

१८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ ।

यस्तो छ कार्यतालिकाः

प्रतिक्रिया