धादिङ बेल्खुको पहिरो पन्छाइयो, दुईतर्फी बाटो सञ्चालन


काठमाडौँ – धादिङको गजुरी गाउँपालिका-३ मा पर्ने बेल्खुमा पहिरो खस्दा बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सडक बीचमा खसेको पहिरो पन्छाएर केहीबेर अघि बाटो सञ्चालनमा ल्याइएको हो ।

आज दिउँसो करिब ५ बजेको समयमा खसेको पहिरोले काठमाडौँ भित्रिने बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रहरी, डिभिजन सडकका कर्मचारीसहितको टोलीले अवरुद्ध भएको करिब एक घण्टामा सडक सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया