पाकिस्तानमा पृथकतावादी लडाकुको आक्रमणमा एकै दिन ३९ जनाको मृत्यु


पाकिस्तान – पृथकतावादी लडाकू समूहले दक्षिणपश्चिमी पाकिस्तानमा रातभर विभिन्न स्थानमा गरेका आक्रमणमा परी ३९ जनाको मृत्यु भएको सरकारी अधिकारीले सोमबार बताएका छन् ।

बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता शाहिद रिन्दले एएफपीसँग भने, ‘बलोच लिबरेशन आर्मीका लडाकूहरूले गरेका विभिन्न समन्वयात्मक आक्रमणमा ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’ सोमबार बिहान मुसाखाइल जिल्लामा भएको सबैभन्दा ठूलो आक्रमणमा २२ जनाको मृत्यु भएको थियो ।

आक्रमणकारीले पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानेको स्थानीय अधिकारीले बताएका छन् । मृत्यु हुनेमा १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण रहेका छन् ।

प्रतिक्रिया