पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने


काठमाडाैं – पाकिस्तान सरकारले नेपाललगायत विश्वका एक सय २६ मुलुकलाई  निःशुल्क भिसा दिने निर्णय गरेको छ । गत अगष्ट १४ देखि लागु भएको नयाँ भिसा नीतिमा पाकिस्तान सरकारले नेपालसहित १२६ देशका पर्यटक तथा व्यवसायीलाई निःशुल्क भिसाको व्यवस्था गरेको हो ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले अनलाइन भिसा पोर्टलमार्फत पाकिस्तानको संशोधित र उदार भिसा नीति नेपालसहित १२६ देशका नागरिकका लागि पूर्णरूपमा सञ्चालनमा रहेको बताए। उनले लेखेका छन्, यी देशका पर्यटक र व्यवसायीले बिना शुल्क २४ घण्टा भित्र भिसा प्राप्त गर्न सक्छन्।

पाकिस्तानले पर्यटनलाई टेवा दिन पछिल्लो निर्णय गरेको बताइएको छ ।

 

प्रतिक्रिया