सहकारीबाट एक लाख २८ हजार चोरी


काठमाडौं- भीमसेन थापा गाउँपालिका–१ मसेलको विन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्थाबाट एक लाख २८ हजार तीन सय ३५ रुपैयाँ चोरी भएको छ ।

शनिबार राति सहकारीबाट रकम चोरी भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।  ‘इन्ट्री’ गर्न बाँकी रहेको ऋण असुली र दैनिक बचतको रकम चोरी भएको सहकारीकी अध्यक्ष विनु वाग्लेले बताइन् ।

यस विषयम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया