

जसपा महन्थ ठाकुर समूह ओली सरकारलाई निरन्तरता दिन लगभग तयार, के भयो सहमति?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई निरन्तरता दिन जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह तयार भएको छ। तर यसको ठोस सहमतिमा भने लिखित समझदारी बनिसकेको छैन।
मंगलबार बालुवाटारमा प्रधानमन्त्रीसहित एमाले नेता र जसपा अध्यक्ष ठाकुर, लक्ष्मणलाल कर्णबीच लगभग सहकार्यमा सहमति भएको बताइएको छ।
यसलाई ठोस परिणाम दिन अझ वार्तालाई निरन्तरता दिनेगरी कुराकानी अघि बढेको बताइएको छ। पार्टीको समझदारीका आधारमा नै खाका तयार पार्नेगरी एजेन्डामा सहमति गरिने जसपाका एक नेताले बताए।
उक्त पार्टीका उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूह भने वार्तामा सहभागी थिएनन्। ‘मंगलबार प्रतिनिधि सभाको बैठकपछि पार्टीमा ब्रिफिङ गरी एउटा सहमतिमा पुग्ने अनौपचारिक कुराकानी भइसकेको छ’, स्रोतले भन्यो।

