कोलकातामा महिला डाक्टरको बलात्कार-हत्या प्रकरण : आरोपित सञ्जयलाई शवसँग सम्बन्ध बनाउने सनक


काठमाडौं- कोलकाताकी एक महिला डाक्टरको बलात्कार र हत्या प्रकरणमा अनुसन्धान गरिरहेको सीबीआईले शुक्रबार चकित पार्ने खुलासा गरेको छ । मुद्दामा अभियुक्त सञ्जय रोयको मनोविज्ञान परीक्षणले अनुसन्धानले अधिकारीहरूलाई अलमलमा पारेको छ ।

सीबीआई स्रोतका अनुसार परीक्षणपछि डाक्टरहरूले सञ्जय रोयमा ‘नेक्रोफिलिक’ प्रवृत्ति रहेको खुलासा गरेका छन् । मनोवैज्ञानिकहरूका अनुसार ती व्यक्तिलाई शवसँग सम्बन्ध राख्ने क्रेज रहेको छ ।

अर्कोतर्फ, शुक्रवार कोलकाता उच्च अदालतले आरजी अस्पतालको (जहाँ घटना भएको थियो) कथित आर्थिक अनियमितताको छानबिन गर्न सीबीआईलाई गर्न भनेको छ ।

सञ्जय रोयलाई छिट्टै रिस उठ्ने समस्या
सीबीआई स्रोतका अनुसार मनोविज्ञान परीक्षणको क्रममा डाक्टरहरूले संजय रोयलाई धेरै रिस उठेको र उनलाई यो समस्या धेरै वर्षदेखि रहेको थाहा पाए । यसबाहेक उनीमा जनावरजस्तो प्रवृत्ति छ र  उनी स्वभावले निकै क्रूर छन्  । सञ्जय रोयको परीक्षणपछि डाक्टरहरुले उनलाई मानसिक विकार भएको अनुमान गरेका छन् ।  सञ्जय रोय बांकुराका बासिन्दा हुन् र उनका बुबा पेशाले शिक्षक हुन् ।

पोर्नोग्राफीको लत
सञ्जय रोयको मनोविज्ञान परीक्षणपछि चिकित्सकहरूले उनीमा पोर्नोग्राफीको लत रहेको निष्कर्षमा पुगेका छन् । त्यही कारणले उनी नेक्रोफिलिक भएको बताइएको छ । चिकित्सकहरुका अनुसार यो एक प्रकारको मानसिक विकार हो, जसमा मानिसको दिमागमा मृत शरीरसँग शारीरिक सम्बन्ध राख्ने क्रेज पैदा हुन्छ ।

कोलकाता प्रकरणपछि बंगालसहित पुरै देशका जनता आक्रोशीत भएका छन् ।  यस विषयलाई लिएर देशभरका चिकित्सक, नर्सिङ स्टाफ र जनताले विरोध प्रदर्शन गरिरहेका छन् ।

यो पनि:

भारतमा डाक्टरको बलात्कार र हत्या प्रकरण : ‘ब्लूटूथ’ डिभाइसले आरोपी पक्राउ

प्रतिक्रिया