२० घण्टाकाे रेल यात्रा गरेर युक्रेन जाँदै नरेन्द्र मोदी


काठमाडाैं-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला पोल्यान्डको भ्रमणमा छन् । पोल्यान्डबाट शुक्रबार मोदी युक्रेन जान लागेका हुन् । उनी रेलबाट युक्रेन जाँदै छन् । उनी विशेष  ‘ट्रेन फोर्स वन’  रेल चढेर जान लागेको बताइएको छ ।

मोदी पोल्यान्डबाट आज साँझ युक्रेनका लागि निस्किनेछन् । पोल्यान्डबाट युक्रेनको राजधानी कीभसम्म पुग्न उनलाई २० घण्टा लाग्नेछ ।

रुससँगको युद्धले युक्रेनका विमानस्थल बन्द भएका कारणा उनी रेल यात्रा गर्न लागेकाे बताइएकाे छ । मोदीले किभमा करिब ७ घण्टा बिताउनेछन् । यस अवधिमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गर्नेछन् ।

प्रतिक्रिया