१४२० किलो गाँजासहित धरानबाट २ जना पक्राउ


विराटनगर — धरानबाट एक हजार ४२० किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ४७३३ ट्रक चेक जाँच गर्ने क्रममा एक हजार ४२० किलो गाँजा बरामद गरेको हो ।

धनकुटाबाट मुला भनेर लिएर हिँडेको ट्रकमा ४४ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको हो । ।

गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका-७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया